विशिष्ट कलाकारलाई सेवासुविधा माग

 

काठमाडौं । चलचित्र कलाकार संघले विशिष्ट कलाकारलाई सेवासुविधा उपल्बध गराउन माग गरेको छ । संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिने विशिष्ट परिचय पत्रको सेवासुविधा उल्लेख गर्न माग गरेको हो ।

संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा कलाकारको एक टोलीले मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर उक्त माग राख्नुभएको हो । टोलीले उक्त अवसरमा ७० वर्ष नागेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधोपचार सुविधासमेत दिनुपर्ने प्रस्ताव राखिएको छ ।

विदेशबाट कलाकारका लागि आउने विभिन्न अवसरका कोटामा समेत कलाकार संघको सिफारिश अनिवार्य गर्न माग राखेको निरौलाले जानकारी दिनुभयो । उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष केसीले कलाकारको मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस