सिन्धुलीमाडीमा लोपोन्मुख बाजागाजाको साथमा मौलिक भजनकीर्तन प्रस्तुती कार्यक्रम हुँदै 


सिन्धुली । युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण सिन्धुलीमा लोप हुँदै गएको मौलिक भजनकीर्तन र बाजागाजाको संरक्षण तथा प्रर्वद्धन गर्न सिन्धुलीमाडीमा एक कार्यक्रमको आयोजना गरिने भएको छ ।  


शनिबार (असार ८) का दिन सिन्धुलीमाडीको खुल्लामञ्चमा खैजडी, मजुरा, मृदंग, मादल, झ्याम्टा, डम्फु लगायतका मौलिक एव्म लोपोन्मुख बाजागाजाको साथमा बृहत भजन प्रस्तुती कार्यक्रम–२०८१ आयोजना हुने भएको हो । 


स्वीकृति इभेट्सको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण नेपाल बागमती प्रदेश समितीको व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको प्रदेश इन्चार्ज नवीन पौडेलले जानकारी दिनुभयो । 


मौलिक भजनकीर्तन र लोपोन्मुख बाजागाजामा नेपाली शैली, लय अनि रहस्य लुकेको भएपनि युवापुस्तामा रक, पप, विदेशी गीत र डीजेप्रतिको मोहले गाउँघरमा समेत खोज्नु पर्ने अवस्था छ । नेपाली मौलिकता, संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह उहाँले बताउनुभयो । 


उहाँकाअनुसार कार्यक्रममा बागमती प्रदेशका एघार जिल्लाका दर्जनौँ भजन समुहले एउटै मञ्चमा प्रस्तुती दिइनेछन् । नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमको उद्देश्य छ ।


 

प्रतिकृया दिनुहोस