सिन्धुलीमा लोपोन्मुख संस्कृति एवम् मौलिक बाजागाजा प्रदर्शन तथा सम्मान कार्यक्रम 


सिन्धुली । जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित खुल्लामञ्च शनिबार मौलिक बाजागाजा र लोपोन्मुख भजन लगायतका प्रस्तुतीहरुले तातियो । जिल्लामै पहिल्लो पटक भएको लोपोन्मुख संस्कृति एवम् मौलिक बाजागाजा प्रदर्शन तथा सम्मान कार्यक्रमले तातिएको हो ।


बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको नीतिअनुसार स्वीकृति इभेन्ट म्यानेज्मेट र राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपाल सिन्धुलीले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशभित्रका १३ वटा भजन समुहले खैजडी, मजुरा, मृदंग, मादल, झ्याम्टा, डम्फु लगायतका मौलिक एव्म लोपोन्मुख बाजागाजाको साथमा विभिन्न प्रस्तुती राखेका थिए । साथै, गीत, संगीत, कला, संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्रका ४० जना व्यक्तिव्वहरुलाई सम्मानसमेत गरिएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले मौलिक कला, मौलिक संस्कृति र मौलिक पहिचानलाई अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई पुस्तान्तरण नगरेसम्म संरक्षण, प्रर्वद्धन र विकास गर्न नसकिने धारणा राख्नुभयो । 


मौलिक कला, संस्कृति र पहिचानलाई अझ संरक्षण, विकास र प्रर्वद्धन गर्न पुस्तान्तरण गर्न अनुरोध गदँै प्रदेश सरकारले पनि आवश्यक बजेट व्यवस्थापन गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


लोपोन्मुख संस्कृति एवम् मौलिक बाजागाजा प्रदर्शन तथा सम्मान कार्यक्रमले  दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण लोप हुँदै गएको मौलिक भजनकीर्तन र बाजागाजाको संरक्षण तथा प्रर्वद्धन गर्न सहयोग पुगेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । 


जिल्लाका स्थानीय पालिका तथा विभिन्न संघसंस्थाहरुकोसमेत सहयोगमा संचालन भएको कार्यक्रममा बागमती प्रदेशभित्रका ११ जिल्लाका १३ वटा भजन समुह लगायत जिल्लास्थित सरकारी, गैरसकारी संघसंस्थाका प्रतिनिधिहरु र दर्शकहरुको सहभागीता थियो । 


 

प्रतिकृया दिनुहोस