‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक


काठमाडौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियारको स्वर छ । भगवान शिवले गर्नुभएको योगदान र उहाँको प्रसंशा गर्दै गीत निमार्ण गरिएको हो ।

 

कृष्ण देव रुपाखेतीले निर्देशन गर्नुभएको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिच्नु भएको छ भने भिडियोको सम्पादन मिन रावलले गर्नु भएको छ । 

 

गीतमा अभि वाग्लेको कोरियोग्राफी छ । ग्रेट एविजीको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको शब्द गीतकार गिता गिरीको छ भने संगीत भद्र वलीले भर्नु भएको छ ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0

प्रतिकृया दिनुहोस