नेपाल तरुण दल, सिन्धुलीको आयोजनामा तीज विशेष कार्यक्रम


सिन्धुली । नेपाल तरुण दल, सिन्धुलीले आइतबार सिन्धुलीमाडीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तरुण दलका कार्यवहाक अध्यक्ष सहदेव मैनालीको अध्यक्ष तथा नेपाली कांग्रेश केन्द्रिय सदस्य शुशिला थिङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमको प्रमुख अतिथि थिङले तीज महिलाले शक्ति आर्जन गर्ने पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । तीजमा महादेवको शक्तिलाई पुजा गर्ने प्रचलन रहेको कुरा उल्लेख गदँैँ उहाँले महादेवको जस्तो शक्ति पार्वतीले स्थापित गर्नु पर्ने धारणा राख्नुभयो । महादेवलाई पार्वतीजस्तो पत्नि पाउँ भनेर व्रत बस्ने वातावरण कसरी निर्माण गर्ने यसतर्फ सोच्नु पर्ने उहाँले बताउनुभयो । 


कांग्रेस संसदिय दलकी सचेतक तथा संघिय सांसदसमेत रहनु भएकी थिङले शक्ति प्राप्त गर्न महिला नेतृत्वदायी भुमिकामा पुग्न आवश्यक रहेको विचार व्यक्त गर्नु भएको थियो । 


नेपाली कांग्रेश, सिन्धुली सभापति उपेन्द्र कुमार पोखरेलले सांस्कृतिक पर्व तीजलाई तडक–भडक, देखासिकी नभई संस्कार, संस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउन आग्रह गर्नुभयो । पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती बढ्दै गईरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका निवर्तमान सभापती उज्वल प्रसाद बरालले हरितालिका तीजको शुभकामना व्यक्त गर्दै यसको मौलिक परम्परा, संस्कृतिको महिना र महत्व बारे उल्लेख गर्नु भएको थियो । 
नेपाली कांग्रेश बागमती प्रदेश सदस्य तथा नेपाल महिला संघ सिन्धुली सभापती गङ्गा दाहाल, लोकतान्त्रिक आदिबासी जनजाती महासंघ बागमती प्रदेशका सभापती तथा बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जन लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायीका प्रतिमा अर्याल, डान्स च्याम्पीयन सिजन २ का उत्कृष्ट ६ का प्रतिष्पर्धी अनिल सुनुवार लगायतले साङ्गितिक तथा सास्कृतिक प्रस्तुती राखेर कार्यक्रमका सहभागीहरुलाई मनोञ्जन दिलाएका थिए । 


 

प्रतिकृया दिनुहोस