भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे प्रतिवाद गर्छौं : प्रचण्ड

 

सिन्धुली । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताउनु भएको छ ।

 

पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत पुग्नु भएका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो ।

 

उहाँले अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुम पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनीभूत गराउने बताउनुभयो । अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएको उल्लेख गर्दै उहाँले सच्चिने होइन भने सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने धारणा राख्नुभयो । 

 

सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उहाँले गलत कुरालाई चोख्याउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने विचार व्यक्त गर्नुभयो । 

भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डाफोर गरेको उल्लेख गर्दै उहाँले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएकोे स्पष्ट पार्नुभयो । 


 

प्रतिकृया दिनुहोस