स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ: खेलकुदमन्त्री चौधरी


 

काठमाडौँ ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताउनु भएको छ । 

 

मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको बताउनुभयो । 


भन्नुभयो, ‘२०७५ सालमा केही ऐन संशोधन भएका छन् र बाँकी ऐन मन्त्रालयमा प्रस्तावित अवस्थामा  छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ ।’

 

उहाँले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘स्काउटलाई पनि संघीय संरचनाअनुसार देशभर लैजाउनुपर्छ । ७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ’‚ उहाँले भन्नुभयो ।

 

मन्त्री चौधरीले हाल युवा तथा बालकालिकामा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस