कांग्रेसले शुक्रबार काठमाडौंमा बृहत् सभा गर्ने

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित काठमाडौंमा बृहत् सभा गर्ने भएको छ। बुधबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको न्यायका लागि बृहत् सभा गर्ने निर्णय गरेको हो।


कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डीला संग्रौलाले सरकारको अलोकतान्त्रिक संस्कारविरुद्ध कांग्रेसले सडकमा आन्दोलन गर्न लागेको बताउनुभयो । भन्नुभयो, ‘हामीले संसदमात्र होइन, सडकबाट पनि आन्दोलनको थालनी गर्न लागेका हौं। संसदीय छानबिन समिति नबनेसम्म, सहकारी पीडितले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ 

 

 सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको सट्टा अधिनायकवादतर्फ उन्मुख भएको उहाँको टिप्पणी छ । 

प्रतिकृया दिनुहोस