विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

एउटै कार्यकालमा चौथो पटक मत पाउन सफल

  
काठमाडौ ।
  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।

 

प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । आजको मतदानमा एक सय ५८ जना सांसद रहेका थिए । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो ।

प्रतिकृया दिनुहोस