सर्वदलीय बैठक निष्कर्षविहीन

 

काठमाडौ । बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठकले निष्कर्ष निकाल्न नसकेको हो ।

 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि प्रश्न उठेपछि र उजुरी नै दर्ता भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्ने विषय आफूहरूको बटमलाइन भएको बताउनुभयो । तर कांग्रेसको यो अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेताहरू असहमत भएका छन् ।

 

कांग्रेस सचेतक लेखकले बजेट अधिवेशनमा सदन चल्नेरनचल्ने कुरा सरकारको भूमिकामा निर्भर रहने बताउनुभयो । बजेट अधिवेशन आउँदो शुक्रवारदेखि शुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस