नेविसंघ सिन्धुली बहुमुखी क्याम्पसको इकाई अधिवेशन सम्पन्न, सभापतिमा थापा चयन

 

सिन्धुली । नेपाल विद्यार्थी संघ सिन्धुली बहुमुखी क्याम्पसको इकाई सभापतिमा राजिव थापालाई चयनलाई गरिएको छ । बिहिबार सम्पन्न क्याम्पस इकाई अधिवेशनले थापाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 


उप–सभापतिमा कुन्दन विक्रम थापा र प्रमिता प्याकुरेल. सचिवमा पुनम सुनुवार, सह–सचिव–अस्मिता कार्की र कोषाध्यक्षमा एलिजा बराल चयन भएका छन् । 


त्यस्तै सदस्यहरुमा सलिना अधिकारी, सिएन श्रेष्ठ, भुपाल आले, विपना काफ्ले, छत्र श्रेष्ठ, रोशनी योञ्जन, बबिता तामाङ, बिनिता अधिकारी, सुस्मिता थापा, गौरव श्रेष्ठ, कृति खड्का, दिपेस थापा र विष्णु काफ्ले छन् । 

 

क्याम्पस इकाई अधिवेशन प्रतिनिधि तथा सिन्धुली बहुमुखी क्याम्पस स्ववियु सभापति कृष्ण लामिछानेको अध्यक्षता तथा नेपाली कांग्रेसका सह–सचिव सुरज मिश्र (शेखर) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेनले कार्यसमिति चयन गरिएको हो । 


क्याम्पस इकाई अधिवेशमा नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष भरत विक, नेविसंघ जिल्ला सदस्य ज्योत्सल ढकाल, समिर थापा, मनिता देवकोटा लगायत नेविसंघका नेताहरुको उपस्थित थियो । अधिवेशन कार्यक्रमको सहजिकरण स्वस्तिका बख्रेलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस