गजल-संघर्षले जिन्दगी बनाउँछ

 

भोक, अभाव र सडकमा जिन्दगी बिताउँछ
खानकै लागि आफ्नै शरीर बन्धकी बनाउँछ

 

बुझ्न सकेको छैन उसको खेल अझैसम्म पनि
आफैं बिरामी बनाउँछ अनि औषधी खुवाउँछ

 

कठै एउटी अबला नारिको अस्मिता लुटेर 
थाहा छैन खै उ कस्तो मर्दानगी देखाउँछ

 

जिउनु छ जिउनु पर्छ हार मानेर कहाँ भो
संघर्षले त हो नि मित्र जिन्दगी बनाउँछ


 

प्रतिकृया दिनुहोस