गजल

 

सबै कुरा यहाँ आफूले सोचे अनुरूप नहुँदो रहेछ
कसैको देखाउने दाँत एउटा चपाउने अर्काे रहेछ

 

हरबखत खुशी खोजेर गल्ती गरेको महसुस भयो 
म गरीब छु मेरो लागि खुसी असाध्यै महङ्गो रहेछ

 

मैले, आफू कमजोर नभएको साबित गर्न खोजेँ
तर परिस्थिति नै सबैभन्दा धेरै बलियो रहेछ 

 

म जसको दिलभित्रै उज्यालो खोजिरहने गर्थे
बल्ल थाहा भयो उसको दिल पो अँध्यारो रहेछ

 

मैले देखेका हजारौ, सुन्दर सपनाहरू लुटिए
भगवानलाई पनि सपनाहरूको खाँचो रहेछ
 

प्रतिकृया दिनुहोस