गायक निकेश तामाङको ‘सारङ्गी रेट्नेहरुलाई’ बोलको गीत सार्वजनीक 


सिन्धुली । गायक निकेश तामाङको ‘सारङ्गी रेट्नेहरुलाई’ बोलको नयाँ गीत सार्वजनीक भएको छ । 
गीतको भिडियो ‘निकेश तामाङ अफिसियल’ युटुव च्यानलबाट आज सार्वजनीक गरिएको हो । 


टेकेन्द्र दुराको एरेन्ज रहेको गीतको शब्द गायक निकेशले कार्नु भएको छ भने संगीत र स्वर पनि उहाँको नै रहेको छ । 


गीत, संगीत क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहनु भएको गायक निकेशको     यसअघि ज्यान माइली, हाम्रो सिन्धुली राम्रो सिन्धुली, गाउँले गोठालो, खुसि, देखियो शहर, औठी सुनैको लगायत तीन दर्जनभन्दा बढी गीत सार्वजनीक भइसकेका छन् ।  


गायक निकेश सिन्धुलीको स्थानीयबासिन्दा समेत हुनुहुन्छ ।
 

प्रतिकृया दिनुहोस