सिद्धज्योति शिक्षा क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

सिन्धुली । सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार, सिन्धुलीमा शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी) गठबन्धनका उम्मेदवार मञ्जु कुमारी राना मगरको संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघका मिलन भुजेलको प्यानल नै विजयी भएको हो ।
अध्यक्षमा पदमा भुजेलले ११४ मत प्राप्त गरेर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धि मगरले ६३ मत प्राप्त गर्नुभयो । निर्वाचनको मैदानमा एक्लै उत्त्रिनु भएकी स्वतन्त्र अध्यक्षको उम्मेदवार चन्द्रावती बैजुले ६ मत प्राप्त गर्नुभयो ।
सचिवमा नेविसंघका मनोज श्रेष्ठले १०६ मत प्राप्त गरेर विजयी हुनुभयो भने प्रतिस्पर्धि सिजन मगरले ७८ मत प्राप्त गर्नुभयो । त्यस्तै, कोषाध्यक्षमा नेविसंघकी नविना आचार्य ९५ मतसहित विजयी भयो । ८७ मत प्राप्त गठबन्धनकी उम्मेदवार तारा सुनुवारलाई उहाँले पराजित गर्नुभएको हो । कोषाध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार उर्मिला विश्वकर्माले ८ मत प्राप्त गर्नुभएको थियो ।
सदस्यहरुमा नेविसंघकी अञ्जना मंग्राती, अविनाश कार्की, पेमा तामाङ, रबिना बराल, नम्रता मंग्राती विजयी भएका छन् । यसैगरी, समानुपातिकतर्फ नेविसंघले ९३, अनेरास्ववियुले ५० र अखिल (क्रान्तिकारी) ले ५७ मत प्राप्त गरेका छन् । ३०२ मतदाता रहेकोमा क्याम्पसमा २०२ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस