कमला बहुमुखी क्याम्पस दुधौलीमा अनेरास्ववियुको वर्चस्व
कोषाध्यक्षमा नेविसंघकी जमुना कार्की विजयी

सिन्धुली । सिन्धुलीको कमला बहुमुखी क्याम्पस, दुधौलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को मतगणना सम्पन्न भएको छ । मंगबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुले अध्यक्षसहित अधिकांश पदमा विजय हासिल गर्दै क्याम्पसमा आफ्नो वर्चस्व कायम गरेको हो ।
अध्यक्षमा अनेरास्ववियुका टेकप्रसाद लुईटेल (विवेक) १२१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेविसंघका सुशील कुमार कपाडीले ८१ मत प्राप्त गर्नुभयो भने अखिल (क्रान्तिकारी) की रेनुका भट्टराईले ८० मत प्राप्त गर्नुभयो । सचिवमा अनेरास्ववियुकी प्रतिमा पोखरेल १४१ मत प्राप्त गर्दै विजयी हुनुभयो । अखिल (क्रान्तिकारी) की नेत्रकुमारी बि.क. ले ९६ मत प्राप्त गरेर पराजित हुनुपर्यो ।
कोषाध्यक्षमा नेविसंघकी जमुना कार्की ११८ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका विजयकुमार मगर १०१ मत प्राप्त गरेर पराजित हुनुभयो । अखिल (क्रान्तिकारी) की मुगाकुमारी कार्कीले ६८ मत प्राप्त गर्नुभयो ।
पाँच सदस्य पदमा सबै अनेरास्ववियुले जित हात पारेको छ । रोहित श्रेष्ठ (११८ मत), दोजबहादुर थापा (१२१ मत), दिपिका कुमारी कुमर (१२१ मत), शुस्मा थापा मगर (११० मत), र सविता ढंगाना (१०५ मत) प्राप्त गरेर विजयी भएका हुन् ।
निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले एकल प्रतिस्पर्धा गरेका थिए । क्याम्पसमा ४६८ मतदाता रहेकामा २९० मत खसेको थियो ।
प्रतिकृया दिनुहोस