मरिण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी


सिन्धुली । जिल्लाको मरिण बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी) प्यानलै विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघ गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारीका उम्मेदवारहरूले सम्पूर्ण पदमा जित हासिल गरेका हुन् ।


स्ववियू अध्यक्षमा अखिल क्रान्तिकारीका विशेष राई निर्वाचित हुनुभएको हो । उहाँले ११० मत प्राप्त गर्दा नेविसंघ–अनेरास्ववियु गठबन्धनका उम्मेदवार दीपेश मैनालीले ५६ मत प्राप्त गर्नुभएको थियो । 


त्यसैगरी, सचिव पदमा क्रान्तिकारीकी डम्बर कुमारी मास्के विजयी हुनुभयो भने  कोषाध्यक्षमा आइसीमाया तामाङले जित हासिल गर्नुभयो । सदस्यहरूमा तुलसा आले, रदिप बराइली, र रुजिता माझी निर्वाचित भएका छन् ।
 

प्रतिकृया दिनुहोस