सिन्धुलीका बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन कार्यदल गठन 

 

सिन्धुलीका बाढीपहिरो पीडित तथा प्रभावितलाई तत्काल राहत व्यवस्थापन, समन्वय र सहजिकरण गर्न बुधबार विहान कार्यदल गठन गरिएको छ । 


असोज १०–१२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावितलाई तत्काल राउत उपलब्ध गराउन राहत वितरण कार्यदल गठन गरिएको हो । 


सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुँयालको संयोजकत्वमा गठित कार्यदलमा ७ जना सदस्यहरु छन् । 


जिल्ला समन्वय अधिकारी, सम्बन्धित पालिका हेर्ने सुरक्षा निकायको प्रमुख वा प्रतिनिधि, सम्बन्धित पालिकाको जनप्रतिनिधि, राजनीतिक दलका उपलब्ध स्थानीय प्रतिनिधि, रातह उपलब्ध गराउने संघसंस्था भए सम्बन्धित संस्थाको प्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधि, र उपलब्ध सञ्चारकर्मी कार्यदलमा समेटिएका छन् । 


जम्मा ८ जनाको कार्यदलले जिल्लाका बाढीपहिरो पीडित तथा प्रभावितलाई यथोचित राहत उपलब्ध गराउनुका साथै आवश्यक समन्वय र सहजिकरण गर्ने छ । साथै, बाढीपहिरोका कारण क्षतिग्रस्त संचनाहरुको श्रिघ मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन पहल गर्ने छ । 
 

प्रतिकृया दिनुहोस