सुनकोशीको गजुरीदहबाट हेलिकोप्टरमार्फत् गरियो ३४ जनालाई उद्धार


सिन्धुली । बाढीपहिरोका कारण विपी राजमार्ग अवरुद्ध बनेपछि सडकमै अलपत्र बनेका यात्रुलाई आइतबार साँझ ६ बजे हेलिकोप्टर मार्फत् उद्धार गएिको छ ।


 बनेपा–सिन्धुली–बर्दिबास (विपी) राजमार्गको नेपालथोक र मंगलटार बीचका ३४ जना यात्रुलाई नेपाली सेनाको  हेलिकोप्टर मार्फत् उद्दार गरिएको हो ।


एक जना विदेशीसहित ३४ जना यात्रुलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गजुरदहबाट उद्धार गरेर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।  


तीन दिनदेखि सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारी साधन र यात्रुहरु सडकै फसेका थिए । 


नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आएपनि नेपालथोकदेखि धुलीखेलसम्म तत्काल सुचारु गर्न कठिन भएपछि हेलिकोप्टरबाट उद्धार गर्न गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस