विपद्मा परेकालाई सहयोग गर्न सिन्धुली उद्योग वाणिज्य संघको अपिल

राजमार्गमा अलपत्र यात्रुलाई पचास कार्टुन चाउचाउ र पानी वितरण


सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले विपद्मा परेकालाई सहयोग गर्न अपिल गरेको छ ।
असोज १० गते बेलुका देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका पीडित तथा प्रभावितलाई आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गरेको हो । 


सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठद्धारा हस्ताक्षरित सहयोगका लागि हार्दिक अपिल पत्रमा जिल्लाको अधिकांश भूभागमा ठुलो मात्रामा जनधनको क्षति पु¥याएको उल्लेख छ । 


रोशी र सुनकोसी नदीमा आएको बाढी र ठाउँठाउँमा गएको पहिरोले जिल्लाका मुख्य तीन राजमार्गसहित अन्य कच्ची सडकहरु अवरुद्ध भएको र सयौँ घर डुवान र पहिरोमा परेका बताइएको छ । सोही विपद्मा परेकलाई आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गरिदिनुहुन सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल गरिएको हो । 

सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीले आइतबार विपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डमा अलपत्र परेका यात्रुलाई ५० कार्टुन चाउचाउ र २३ कार्टुन पानी वितरण गरेको अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार बाढीपहिरोका पीडित र प्रभावितको प्रमाणीत तथ्याङ्क संकलन भइरहेको र विवरण आएपछि खाद्य समाग्री प्रदान गरिने छ । 

प्रतिकृया दिनुहोस