कमला नदीमा पानीको बहाव बढ्यो, दुधौलीबासीलाई सचेत रहन आग्रह

 


सिन्धुली । अविरल वर्षासँगै कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि नदी क्षेत्रका स्थानीयबासीलाई सर्तक रहन आग्रह गरिएको छ । 


जल तथा मौसम विज्ञान विभागले कमला नदीमा पानीको बहाव बढेकाले दुधौली नगरपालिकाको मैनी, बेल्सोत र अन्य डुबान भइरहने होचा भुभागमा बसोबास गर्ने स्थानीबासीलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । 


आइतबार बेलुका ६ः४५ बजेको मापनअनुसार कमलामाई नगरपालिकाको रानिबासस्थित जलमापन केन्द्रमा हालको जलसतह ३.५६ मिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


मनसुनी गतिविधि सक्रिय भई लगातारको वर्षाका कारण नदीहरुमा पानीको सतह निरन्तर बढ्दै गएकाले प्रभावित क्षेत्रका सबै स्थानीयबासीलाई सचेत हुँदै सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले समेत अनुरोध गरेको छ । 
 

प्रतिकृया दिनुहोस