विषादीहरुको प्रयोग न्यूनिकरण गर्न सिन्धुलीमा सचेतनामुलक कार्यक्रम

 

सिन्धुली । कृषि विकास कार्यालय, सिन्धुलीले शुक्रबार सिन्धुलीमाडीमा विषादीहरुको प्रयोगमा न्यूनिकरण सम्बन्धी सचेतनामुलक प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । 


रासायनिक विषादीहरुको अन्धाधुन्ध प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर परेको कुरालाई मध्यनजर गदँै यसको प्रयोग घटाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको हो । 


प्रभातफेरी कार्यक्रममा ‘सबै किसिमबाट विषादीहरु विष हुन्, औषधि होइनन् भन्ने बुझाँै’ ‘सिफारिस मात्रभन्दा बढी विषादीको प्रयोग नगरौँ’ ‘विषादीको प्रयोग गर्दा सुरक्षीत पहिरनको प्रयोग गराँै, विषादीको कारणले हुने जोखिमबाट बचौँ’ जस्ता सचेतनामुलक नारासहितको प्लेकार्ड प्रर्दशन गरिएको थियो ।


कमलामाई नगरपालिका–६ शान्तीनगर चोकबाट सुरु गरिएको प्रभातफेरी सचेतनामुलक प्लेकार्ड प्रर्दशन गदैँ लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले स्वस्थ जीवनका लागि जैविक विषादीको उत्पादन र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।


रासायनिक विषादी स्वास्थ्यको हिसाबले अत्यन्त हानिकारक हुने भएकाले वनस्पति, जनावर तथा सूक्ष्म जीवहरुबाट बनाइएका जैविक विषादीहरु प्रयोग गरेर खेति गर्न उहाँले सुल्झाउनुभयो । यसका लागि स्थानीय सरकारहरुलेसमेत प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई थियो । 


कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी भरत खनाल , जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले लगायत विद्यार्थी र सरोकारवालाहरुको सहभागिता थियो । 


 

प्रतिकृया दिनुहोस