बाल यौन दुव्र्यवहारको आरोपमा दुधौलीका एक व्यक्ति पक्राउ

 

सिन्धुली । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको दुधौली नगरपालिका–१ कुथौलीका कल्याण पहाडी पक्राउ परेका हुन् । 


३२ वर्षीय पहाडीलाई १६ बर्षीया बालिका यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।  


उहाँकाअनुसार पहाडी अटो रिक्सा चालक हुन् । आइबार डकाहाबाट घर जान म.प्र ०४–००१ स ०२२९ नम्बको अटो रिक्सामा चढेकी बालिकालाई जबरजस्ती दुधौली–३ दङदङमा पुर्याई यौन दुव्र्यवहार गरेको आरोप पहाडीलाई लागेको छ । 


बालिकाको बयानका आधारमा आइतबार नै ईलाका प्रहरी कार्यालय, डकाहाले पहाडीलाई पक्राउ गरेको थियो । सोमबार जिल्ला अदालत, सिन्धुलीमा मुद्धा दर्ता गरि सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस