लागुऔषध नियन्त्रणका लागि सिन्धुली प्रहरी सक्रिय 

 


सिन्धुली । लागुऔषध नियन्त्रण गर्न सिन्धुली प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा अवैध लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार नियन्त्रण गर्न सक्रियता बढाएको हो । 


लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार र दुव्र्यसन न्यूनिकरण गर्न समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । 


विद्यालय र समुदाय स्तरमा विभिन्न अभिमुखिकरण तथा सचेतनामुलक अभियान सञ्चालन गर्नुका साथै सन्देशमुलक सामाग्री प्रचार–प्रसारमा जोड दिएको उहाँको भनाई छ । जुन २६ मा पर्ने यस वर्षको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा साताव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ ।


“लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ” भन्ने मुख्य नाराका साथ असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।


प्रहरी उपरिक्षक काफ्लेकाअनुसार चालु आर्थिक वर्षमा लागुऔषध सम्बन्धी ७८ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिसकिएको छ । अघिल्लो वर्ष ४५ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन भएका थिए ।  


जिल्लामा चालु आर्थिक वर्ष २०७८र०७९ देखि २०८०र०८१ सम्ममा एक सय ११ वटा मुद्धा लागु औषधसम्बन्धी दर्ता भएका छन् । यस अवधिमा एक सय ४७ जनालाई पक्राउ गरि कार्बाही गरिएको छ । ५० जना लागुऔषध प्रयोगकर्तालाई सम्झाई–बुझाई आफन्तसँग जिम्मा लगाइएको उहाँले बताउनुभयो । 


यसैविच, आइतबार विहान हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीस्थित थोले ब्लोनको गोठमा लुकाईछिपाई राखेको ६ क्विन्टल १५ के.जी गाँजासहित ओसारपसारमा संलग्न उदयपुर जिल्लाको कटारी नगरपालिका–६ का कुमार पाख्रिनलाई पक्राउ गरेर जिल्ला अदालत सिन्धुलीमा लागु औषधसम्बन्धी मुद्धा दर्ता गरि थप आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक काफ्लेले सुनाउनुभयो ।


जिल्लामा खैरो हिरोईन, चरेश, गाँजा, एम्पुल टि.टि, ट्याब्लेट, झोल पदार्थ लगायतका अवैध लागुऔषधको प्रयोग तथा कारोबार हुने गरेको छ । 

प्रतिकृया दिनुहोस