क्रियाशील पत्रकार महिला, अटोचालक र सफल उद्यमीहरुलाई सम्मान

 

सिन्धुली । कमलामाई नगरपालिका, सिन्धुलीले सञ्चार र महिला सशक्तीकरणका क्षेत्रमा योगदान पुर्याएको एक सक्रिय संस्था, २३ जना अटोचालक महिला र पाँच जना सफल उद्यमीहरुलाई सम्मान गरेको छ । शुक्रबार (८ मार्च २०२४) ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मान गरेको हो । सम्मानीत हुने संस्थामा क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली रहेको छ । 


यस्तै, सफल महिला उद्यमीहरुमा बेलीमाया गिनेल (मरिण ढाका उद्योग), निर्मला परियार (कालीमाई नमुना गार्मेन्ट उद्योग), बिमला थापा (सौगात लघु उद्यम सहकारी संस्था लि. सिन्धुली), लुंगेलीटार ढाका उद्योग कनपा ७ सिन्धुली र बिमला कुमारी काफ्ले (प्रोपाईटर कोशेली डेरी उद्योग प्रा.लि) छन् । उक्त संस्था तथा सफल उद्यमीहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । 


यसैगरी, अटो चालक महिलाहरुमा जानुका गौतम, सरिता सुनुवार, शुशिला कुमारी भुजेल, विनिता न्यौपाने देवकोटा, जानुका कुँवर, सीता गौतम, अस्मिता तामाङ, पम्फा जोगी, सुनिता तामाङ, बिमला तामाङ, शुसिला बस्नेत, अमुना कार्की, मनिका लुंगेली मगर, गीता कुमारी श्रेष्ठ, पवित्रा पहाडी, कमला खड्का, रमा कार्की, अप्सरा फुयाँल, कान्छीमाया बम्जन, सुनमाया डिम्दोङ र टिकामाया श्रेष्ठलाई सम्मान गरिएको छ ।

उहाँहरुलाई नगद एक हजार रुपैंया, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । गत वर्ष पनि कमलामाईले समाजसेवा र महिला सशक्तीकरणका क्षेत्रमा योगदान पुर्याएका सात जना महिलाहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।

 

कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्की, नेकपा एमाले महिला नेतृ उमा कोइराला, नेपाल महिला संघ, सिन्धुली अध्यक्ष गंगा दाहाल, अखिल नेपाल महिला संघ, सिन्धुली अध्यक्ष पार्वती भट्टराई, सिन्धुली अपागं महिला संघ, सिन्धुली अध्यक्ष दिपा देवकोटा, क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली अध्यक्ष राधिका बुढाथोकी लगायत महिला अधिकारकर्मी र श्रमिक महिलाहरुले महिलाहरुको वर्तमान अवस्था, चुनौतीसँगै महिला दिवसको सान्र्दभिकता, इतिहास, महिलाका  आर्थिक, राजनीतिक र सामाजिक अधिकारका सवालहरुमा आ–आफ्ना विचार व्यक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस