सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ विजयी


सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन–२०८१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मंगलबार भएको निर्वाचनमा अर्जुन कुमार श्रेष्ठ ५९७ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो ।


उहाँका प्रतिस्पर्धी राज कुमार श्रेष्ठले ३८८ मत प्राप्त गरेसँगै अर्जुनकुमार पुनः उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभयो ।
वरिष्ठ उपाध्यक्ष पदमा ४९५ मतसहित देव नारायण श्रेष्ठ निर्वाचित हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी बिरबल चौधरीले ४५० मत पाएर उपविजेता बन्नुभयो । महासचिव पदमा बासु भेटवाल ६४६ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी मेघ बहादुर कार्कीले २६६ मत प्राप्त गर्नुभयो ।


त्यसैगरी, उप–महासचिव पदमा नेत्र जंग थापा ४३० मतसहित विजयी हुनुभयो भने युवराज श्रेष्ठले ३७४ मत प्राप्त गर्नुभयो । महिला सचिव पदमा सृजना श्रेष्ठ ५४१ मतसहित निर्वाचित हुनुभयो, उहाँको प्रतिद्वन्द्वी रेजिना श्रेष्ठले ३४१ मत प्राप्त गर्नुभयो ।


सदस्य खुल्लातर्फ राम बहादुर बि.क. (६१० मत), संजय साह (७६३ मत), हिमेश श्रेष्ठ (७५४ मत), राज कुमार श्रेष्ठ (६८९ मत) र रामचन्द्र पौडेल (५७७ मत) विजयी भएका छन् । प्रतिद्वन्द्वी रितेश श्रेष्ठले ५३३ मत प्राप्त गरेर उपविजयी बन्नुभयो ।
निर्वाचनमा कुल एक हजार एक मत खसेको थियो । 

 

प्रतिकृया दिनुहोस