जंगली विषालु च्याउ खाँदा पाँच जना बिरामी

सिन्धुली । तीनपाटन गाउँपालिका–४ विस्टारमा च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । बिहिबार विहान जंगली विषालु च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।


 च्याउ खाँदा स्थानीय ६७ वर्षीय केशर बहादुर भुजेल, ५३ वर्षीय पुर्णमाया भुजेल, ३८ वर्षीय घनश्याम भुजेल, २१ वर्षीय किरण भुजेल  र २० वर्षीया नानीमाया समाल बिरामी परेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।


उहाँका अनुसार बिरामीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङ्टारमा उपचारका लागि लगिएको छ । बिरामीलाई च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि स्वास्थ्य केन्द्र लगिएको हो । 
 

प्रतिकृया दिनुहोस