स्तनपान गराउँदा यी कुरामा पनि ध्यान पुर्‍याऔंँ

 

सिन्धुली । आमाको दूध शिशुका लागि सबैभन्दा बढी पोसिलो मानिन्छ । शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । तर, स्तनपान गराउने आमा भने निकै सचेत हुन आवश्यक छ । आमाको सानो गल्तीले पनि बच्चामा विभिन्न रोग देखिनुका साथै आमाको स्तनमा संक्रमण हुन सक्छ । त्यसैले, स्तनपान गराउने आमाले यी विषयमा ध्यान दिनुपर्छ ।

 

शिशुलाई स्तनपान गराउन थाल्नुअघि राम्रोसँग निप्पल सफा गर्न जरुरी हुन्छ । निप्पललाई मनतातो पानी, टिस्यु पेपर या कटनको सफा कपडाले सफा गर्न सकिन्छ । कहिल्यै पनि खाली हातले निप्पल सफा गर्नुहुँदैन । यसो गर्दा स्तनमा संक्रमण हुन सक्छ ।

 

कहिलेकाहीँ स्तनमा गाँठो पनि पर्न सक्छ । यस्तो वेला त्यसमा पीडा हुन्छ । गाँठो पर्ने समस्याबाट मुक्त हुन स्तनको मसाज गर्न जरुरी हुन्छ । यसो गर्दा स्तनमा राम्रोसँग ब्लड सर्कुलेसन हुन्छ र पीडा पनि हुँदैन ।


कहिलेकाहीँ स्तनपान गराउँदा निप्पल दुख्न सक्छ । यस्तो समस्या भएमा स्तनपान गराउनुअघि स्तनमा घिउ लगाउनुपर्छ । घिउ लगाउने बानीले लामो समय स्तनपान गराउँदासमेत दुख्ने समस्या हुँदैन ।

 

स्तनपान गराउने आमाले नुहाउँदा कहिल्यै पनि स्तनमा साबुन लगाउनुहुँदैन । साबुनमा भएको केमिकलले निप्पललाई कडा र सुक्खा बनाउँछ । यसको विकल्प हो, स्तनलाई मनतातो पानीले सफा गर्नु ।

स्तनपान गराउने आमाले कसिलो ब्रा लगाउनुहुँदैन । कसिलो ब्रा लगाएमा स्तनपान गराउँदा आकार बिग्रिन सक्छ । 

प्रतिकृया दिनुहोस