बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, सिन्धुलीबाट हेलिकप्टरमा लगियो काठमाडौ


सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ हुनु भएको छ । मंगलबार रामेछापको मन्थली नगरपालिका–३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बाटोमा अस्वस्थ हुनु भएको हो ।


यात्राका क्रममा मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा एक्कासी समस्या आएपछि सुनकोसी गाउँपालिकास्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको गाउँपालिका अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो । 


मुख्यमन्त्री जम्कट्टेलको रक्तचापमा समस्या देखिएको आत्मीय अस्पतालका प्रशासन प्रमुख संजिव केसीले बताउनुभयो । भन्नुभयो, “मुख्यमन्त्री ज्यू अस्पताल भर्ना हुनु भएको दुई घण्टापछि रक्तचाप नर्मल हुँदै गएको थियो । स्वास्थ्य जाँचका क्रममा उहाँलाई थप उपचारको आवश्यक पर्ने देखिएकोले काठमाडौ रिफर गरेका हौँ ।”


प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) का अनुसार अस्पतालका डाक्टरको सुझाव बमोजिम स्वास्थ्य जाँचपछि थप उपचारका लागि मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमा काठमाडौं लगिएको छ ।

 

बुधबार मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थु्र’ कार्यक्रममा सहभागी हुन रामेछापको कार्यक्रम सकेर आज सिन्धुलीको मुल्कोट बास बस्ने गरि मुख्यमन्त्री जम्कट्टेलको कार्य योजना तय गरिएको थियो ।

प्रतिकृया दिनुहोस