चलचित्र निर्माण गर्दै टंक बुढाथोकी

 

सिन्धुली । गायक टंक बुढाथोकीले चलचित्र निर्माण गर्नुहुने भएको छ । उहाँले आफ्नै चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को नाममा चलचित्र निर्माण गर्न लाग्नुभएको हो ।

 

पाँच वर्षअघि सार्वजनिक यस गीतमा टंकसहित बालगायक अशोक दर्जीको स्वर रहेको छ । जुन गीतलाई दर्शकरश्रोताले निकै रुचाएका थिए । टंकका अनुसार हाल चलचित्रको पटकथा लेखनको काम सकिएको छ । शिवम् अधिकारीले यसको स्क्रिप्ट टंक बुढाथोकीलाई बुझाउनुभएको छ । चलचित्र निर्माणमा विनय अधिकारीको सहकार्य रहने चलचित्र निर्देशकको भने टुंगो लाग्न बाँकी छ ।

 

सामाजिक कथामाथि बन्ने भनिएको यो चलचित्रमा अशोकसहित टंकका छोरा एआर बुढाथोकीको अभिनय रहनेछ । अन्य कलाकारलाई अनुबन्धित गर्दै जाने टंकले जानकारी गराउनुभयो । नायक र नायिकालगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकनमा जाने उहाँले बताउनुभयो । चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस