सेतै फूल्यो काँस 

 

सिन्धुली । गोलञ्जोर गाउँपालिका–७ मा स्थित विपी राजमार्ग र मध्यपहाडी लोकमार्गको छेउमा रहेको अधेँरी खोलाको बगरमा सेतै फूलेको काँस । यतिवेला जिल्लाका नदी किनार, खोलाको बगर र कतिपय सडक क्षेत्र आसपासमा काँस फूलेर सेताम्मे भएपछि वरपरको वातावरण मनोरम देखिएको छ । सेताम्मे फूलेको फूल हेर्न पर्यटक समेत आउने गर्दछन् । सिजनअनुसार सिरु, काँसहरु पहिले पनि फूल्ने गर्दथे तर पछिल्लो समय सामाजिक संजाल र प्रविधिको विकाससँगै यसले चर्चा कमाउन थालेको छ । 

 

प्रतिकृया दिनुहोस