निर्माण भयो सिन्धुलीमा रंगशाला

 

सिन्धुली । कमलामाई नगरपालिका–५ को कालीमाटीमा ’सिन्धुली रंगशाला’ निर्माण भएको छ । एक हजार नौ सय दर्शक क्षमताको रंगशाला निर्माण भएको हो । 

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाइबाट सात करोड ४६ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण भएको रंगशालाको लागत इस्टिमेट भने ११ करोडको थियो ।


कार्यान्वयन इकाइका इन्जिनियर कुसुम भट्टराईकाअनुसार धुलिखेल निर्माण सेवाले लागत इस्टिमेटभन्दा साढे ३ करोड घटाएर बोलपत्र सकारेको हो । गत असारमा निर्माण सम्पन्न भएको रंगशाला एक सय मिटर प्याराफिटमा ७ वटा कोठा, चेन्जिङ रुम र सुविधायुक्त शौचालय छ । 


रंगशालाको साँचो कार्यान्वयन इकाइ प्रमुख डा. चन्द्रप्रसाद लुइँटेलले कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेललाई हस्तातन्तरण गरिएको छ । रंगशालाको मैदानमा गेग्रान भएकाले तत्काल सञ्चालन भने नआउने भएको छ । रंगशाला निर्माणाधीन अवस्थामा नै रहेको कार्यान्वयन इकालाई प्रमुख लुइँटेलले बताउनुभयो । मैदानको गेग्रान हटाएर झार उमार्ने, घेराबेरा, गेट निर्माण लगाएतका काम बाँकी रहेको लुइँटेलको भनाइ छ ।


रंगशालाका अधुरा काम यसै आर्थिक वर्षमा पूरा नभए संरक्षणमा चुनौती थपिने कमलामाई नगरपाालिका प्रमुख पोखरेलले बताउनुभयो । सिन्धुलीकै सबैभन्दा बढी दर्शक क्षमता रहेको यो रंगशालालाई चिटिक्क पारेर खेलकुद गतिविधि सञ्चालन हुन सक्ने बनाएर उद्घाटन यसै आर्थिक वर्षमा हुने गरी काम गरिदिन प्रदेश सरकारलाई पोखरेलले आग्रह गर्नुभएको छ ।


ढोकाबाट पानी छिरेर कोठाहरु स्विमिङ पुल बनेको भन्ने स्थानीयबाट गुनासो आएमा तत्काल सुधार गर्न कमलामाईकै प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले निर्माण व्यवसायीलाई अनुरोध गरेका छन् । स्थानीयकाअनुसार सय मिटर लामो प्याराफिट निर्माण गर्दा स्पान्सन ज्वाइन नराखिएकाले पानी चुहिने समस्या रहेको छ । बर्खामा पूरै कोठाहरु पानीले भरिने स्थानीयको गुनासो छ । 
 

प्रतिकृया दिनुहोस