पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा क्वार्टरफाइनलमा प्रवेश

 

काठमाडौ । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनमा प्रवेश गरेकी छिन् ।

पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–१६ मा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी हुन् । पलेशाले भियतनामकी भलेरियालाई ३१–० अङ्कले हराइन् । नेपालले पलेशाबाट पदकको आशा गरेको छ ।

अब पलेशाले क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना मायारा कार्डाेसो फर्नान्डेससँग खेल्नेछिन् । यो खेल आजै दिउँसो ४ बजेर ९ मिनेटमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा तेक्वान्दोका भरतसिंह महता जापानका मित्सुया टनाकासँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएका थिए । अब पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस–९ विधामा पुरुष ५० मिटर फ्री–स्टायलमा सहभागिता जनाउनेछन् ।

प्रतिकृया दिनुहोस