भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

काठमाडौँ । बाढीमा परेर ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार शनिबार दिउँसो २ः५० बजेसम्म ६२६ जनाको ज्यान गएको पुष्टि भएको छ । 

 

जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

 

यसैगरी नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला गरेको छ ।  शनिबार दिउँसोसम्म प्रहरीले दुई हजार ३०१ जनाको उद्धार गरेको छ । हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।  

प्रतिकृया दिनुहोस