पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड विनियोजन

 

सिन्धुली । सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताउनुभयो ।


पर्यटन क्षेत्रका लागि चालु आर्थिक वर्षमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करिब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ ।


सरकारले वि. सं २०८० को दशकलाई पर्यटन दशकको रुपमा मनाउने पनि लक्ष्य लिएको छ ।
 

प्रतिकृया दिनुहोस