नेपाल महिला संघ, सिन्धुली अधिवेशनको तयारीमा जुट्यो

 

 

सिन्धुली । नेपाल महिला संघ, सिन्धुली नौं वर्षपछि हुन लागेको आफ्नो अधिवेशनलाई सफल बनाउन सक्रियताका साथ तयारीमा जुटेको छ । 


नेपाली कांग्रेस केन्द्रीय निर्देशन समितिले चैत मसान्तसम्म सबै भातृ संघसंगठनका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि महिला संघले अधिवेशनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।


संघकी अध्यक्ष गंगा दाहालकाअनुसार, वडादेखि पालिका तहसम्मका अधिवेशन पुष मसान्तसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ । चैत मसान्तभित्र सबै तहको अधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, र अन्य तयारीमा संघका पदाधिकारी सदस्यहरू जुटेका छन् ।


सोमबार सिन्धुलीमाडीमा बसेको संघको बैठकले अधिवेशन तोकिएको कार्यतालिका भित्रै सकेर संघसंगठनलार्ई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । तर अहिलेसम्म अधिवेशनको कार्यतालिका भने सार्वजनिक गरेको छैन । 


अध्यक्ष दाहालले नेपाल महिला संघको केन्द्रिय निर्देशनअनुसार अधिवेशनलाई सफल बनाउन सबै सदस्यहरू एकताबद्ध भएर काम गरिरहेको जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस