मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : महामन्त्री शर्मा

 

सिरहा । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताउनु भएको छ । नेपाली कांग्रेस लहान नगर कार्यसमितिको आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले कांग्रेससँग राम्रो व्यवहार नदेखाएको बताउनु भएको हो ।


उहाँले यस्तै व्यवहार रहेमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकारको विकल्प ढिला चाँडो खोजिने बेला आएको बताउनुभयो । ‘अहिले जनमतको नेतृत्वमा रहेको सरकारले जे जति काम गरिरहेको छ । त्यसमा चित बुझाई छैन । गुनासो धेरै रहेको मधेस हिडाँईमा जानकारी पाएको छु,’ उहाँले भन्नुभयो, “ केन्द्रमा जनमत सरकारमा रहेकोले हामी केही बोलेको छैनौं । मधेसमा अहिलेसम्म कांग्रेसले मुख्यमन्त्री पाएको छैन । कृष्ण यादवकै नेतृत्वमा हामी सरकार बनाउनेछौँ ।”


एमाले, कांग्रेस र लोसपा मिले सहजै सरकार बन्ने उहाँले बताउनुभयो । संघीय सरकार भने अहिले फेरबदलको कुनै सम्भावना नरहेको त्यसमा ढुक्क रहन नेता र कार्यकर्तालाई महामन्त्री शर्माले आश्वस्त गार्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस