सिन्धुलीका ४० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सिन्धुली । कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । सिन्धुलीमा भिटामिन ‘ए’ खाने ६ देखि ५९ महिना उमेरसम्मका २१ हजार दुई सय ५३ जना बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षसम्मका १८ हजार सात सय ४३ जना बालबालिकालाई जुकाको औषधी खुवाइने जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी जानकारी दिनुभयो ।
उहाँकाअनुसार जिल्लाका ९ वटा पालिकामध्ये सबैभन्दा बढी दुधौली नगरपालिकाका पाँच हजार दुई सय ८२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ भने चार हजार छ सय ४६ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।
कमलामाई नगरपालिकाका चार हजार सात सय ९१ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र चार हजार दुई सय २२ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
तीनपाटन गाउँपालिकाका दुई हजार चार सय ७३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र दुई हजार एक सय ८६ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
मरिण गाउँपालिकाका दुई हजार दुई सय ८५ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र दुई हजार २१ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
हरिहरपुरगढी गाउँपालिकाका दुई हजार दुई सय ३४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक हजार नौ सय ८५ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
गोलञ्जोर गाउँपालिकाका एक हजार एक सय ३९ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक हजार सात जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
फिक्कल गाउँपालिकाका एक हजार ७३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र नौ सय ४२ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
सुनकोशी गाउँपालिकाका एक हजार २३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र आठ सय ९६ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
घ्याङ्लेख गाउँपालिकाका नौ सय ३१ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र आठ सय २४ जना बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।
कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस