संभोटा र तामयीक लिपिको भिन्नता र समानता
सिन्धुली । बागमती प्रदेश सरकारले भाषा ऐन लागु गरेपछि विधिवत रुपमा तामाङ र नेपाल भाषा सरकारी कामकाजमा प्रयोगमा आएको छ । तर, ब्यवहारिक रुपमा अझै प्रयोगमा आएको छैन ।
एकल तामाङ वस्ती भएको ठाउँहरुमा सेवाग्राही र सेवा प्रदायक दुवै तामाङ भाषी हुँदा तामाङ भाषमै कुरा हुने गरेको देखिन्छ । तर जब लेख्नु पर्छ, त्यसवेला नेपाली भाषा र देवनागरी लिपि नै प्रयोग गरिन्छ । मिश्रित वस्तिहरुमा त अहिले वोलीचालीमा पनि प्रयोगमा आउँदैन र आएको छैन । यस्तो हुनुमा तामाङ समुदायमा सेवादाता र सेवाग्राही दुवैले भाषा वोल्ने तर, लिपिको ज्ञान नभएकोले हो ।
लिपिको वारेमा केहि तामाङहरुले संभोटा र केहिले तामयीक लिपि प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्दै आएको छन् । तामयीक र संभोटा लिपि कुन लिपि प्रयोग गर्न उपयूक्त छ त ? यी दुई लिपिमा भिन्नता के छ ? यहाँ छोटकरीमा तामयीक र संभोटा लिपिका भिन्नता र प्रयोजनमा सरलताको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
सारभुत रुपमा तामयीक र संभोटा लिपि दूई भिन्न लिपि मान्न सकिदैन । तामाङ समुदायले कुन लिपि आफ्नो हो भनेर विवाद गर्नु पनि औचित्य देखिदैन । किन भने यी दुवै लिपि नेपालका तामाङ समुदायले विकास गरेको लिपि होईन । यी दुवै लिपि नेपालका तामाङ समुदायले प्रयोग गरेका पनि छैनन् । त्यसैले कुन लिपि तामाङको भनेर विवाद सृजना गर्नु कुनै औचित्य हुदैन ।
संभोटा लिपिको विकास तिबतियनहरुले गरेका हुन् । तिब्बतका राजा श्रोङचङ गम्पोले आफ्नो मन्त्री थोन्मी संभोटालाई लिपि बनाउनु भनेर हुकुम दिए । उ वेला भारत वर्षमा पाली वा ब्राम्ही लिपि र देवनागरि लिपि प्रचलनमा रहेकोले संभोटाले पाली तथा ब्राम्ही लिपिको विशेषज्ञहरुसँग लामो समयसम्म सिकेर हेरेर आफ्नो भाषाको लागि आवस्यक पर्ने लिपिको निर्मााण गरेका हुन् ।
यसैले देवनागरि लिपि र संभोटा लिपिको पढ्ने शैली एउटै तरिकाको छ । अक्षर फरक भए पनि वर्णमाला उच्चारण विधी एउटै छ । देवनागरिमा सुरु अक्षर क भए जस्तै संभोटाको पनि क नै छ । तर संभोटाको क लेख्दा ཀ लेखिन्छ, भन्ने क नै हो । तर, लेखाइ मात्र फरक छ । दास्रो अक्षर देवनागरिमा ख हो । संभोटामा पनि ख नै पढिन्छ । तर संभोटाको ख लेख्दा ཁ་ लेखिन्छ तेस्रो अक्षर दुवै लिपिमा ग भनेर पढिन्छ । तर संभोटाको ग लाई ག་ लेखिन्छ ।
एवं रितले देवनागरिमा भएका सवै वर्णहरु संभोटामा पनि छन । तर देवनागरि लिपिमा ३६ वटा वर्णहरु छन भने संभोटामा ३० वटा वर्णहरु छन । संभोटाको ३० वटा वर्णहरुलाइ साल्जेसुम च्यू भनिन्छ । देवनागरि लिपिमा भएका घ, ञ,ट,ठ,ड,ढ,ण,ध,भ,क्ष,त्र,ज्ञ अक्षरहरु साल्जेसुम च्यूमा छैनन् । तर ति अक्षरका उच्चारण हुने अक्षरहरु साल्जेसुम च्यू को अक्षरमा मात्रा लाएर वनाइन्छ । देवनागरि लिपिमा श ष स एउटै जस्तो सुनिने तीन वटा अक्षर छन भने संभोटामा ཞ་ཟ་ཤ་ས चार वटा छन । ती मध्य तेस्रोका उच्चारण स्या हुन्छ भने अरु तीन वटाको स नै हुन्छ । नेपाली वर्णमालामा भन्दा संभोटामा थप च्या ,छ्या, ज्या, न्या, स्या ह, अ अक्षर वढि छन ।
संभोटा र तामयीक लिपीका अक्षरहरु फरक छैनन् । तामयीक लिपिमा संभोटाका ཅ་ཆ་ཇ་ཉ་འ་ཟ་ཤ་गरि ७ वटा अक्षरहरु हटाइएका छन भने ट, ठ ,ड तीन वटा अक्षरहरु थपिएका छन् । यसरी साल्जेसुम च्यूको ठाउमा तामयीकले २६ वटा अक्षरहरुवाट काम चलाइएको छ । ज्योर्लाेक (उच्चारण) मा पनि फरक छैन । तामयीक र संभोटाको फरक चाहि ब्याकरणमा रहेको छ । मुलभूत रुपमा संभोटा लिपि जे लेखिन्छ, त्यहि उच्चारण गर्ने लिपी हो । तर धेरै शब्दहरुमा अक्षरको उच्चारण नगरेर नलेखिएको अक्षरको उच्चारण गर्ने गरिन्छ । त्यसरी कुनै अक्षरको अर्काे उच्चारण गर्ने तरिका भनेको अंग्रेजी अल्पाmवेटको तरिका हो जस्तो कि अंग्रेजीमा पहिलो अक्षर ब्लाइ ए भनेर पढिन्छ । तर शब्दमा उच्चारण गर्दा अ उच्चारण गरिन्छ । अक्षरमा पढ्दा (टी) पढिन्छ । तर उच्चारण त हुन्छ । संभोटामा यसरी अक्षर र उच्चारण अलग हुने पद्दति छैन । तर पनि संभोटामा जे अक्षर लेखेको हो, त्यहि नपढेर नलेखेको अक्षरको उच्चरण गर्ने गरिन्छ । त्यहि कुरा तामयीकले मान्दैन ।
अंंग्रेजीमा कुन अक्षरको उच्चारण कसरी गर्ने भन्ने स्पष्ट अवधारणा छ । तर संभोटाका सवै अक्षरको लागि एउटै नियमले बाँध्ने काम नगरेर अक्षर पिच्छे अलग नियम लागाइएको छ । जस्तो की ཧྲ་ । यो अक्षर हा लाइ रतक लगाइएका हो । यसमा ज्योर्लोक हा +रतक .ह्रा हुन्छ । तर त्यहि नियम अर्काे अक्षरमा लाग्दैन । जस्तो की ཀྲ་ । यसमा क अक्षरमा रतक लगाइएको हो । ह+रतक. ह्रा भए जस्तै क+रतक . क्रा हुनु पर्ने हो । तर याहा का रतक टा उच्चारण हुन्छ । यसरी संभोटाको ब्याकरणले भाषामा लिपिका प्रयोग क्लीस्ट बनाइएको छ । संभोटा लिपिका अंग्रेजीमा जस्तो नीतिगत स्पेलिङ छैन । नीतिमा जे लेखिन्छ त्यहि पड्ने वा उच्चारण गर्ने हो । नीति अनुसार क+रतक. क्रा हुनुपर्ने हो । नीति वहिर भएकोले यी अक्षरहरु अपवाद जस्तो देखिन्छ । तर अपवाद भन्न पनि केहि सीमित अक्षरहरु हुनुपर्ने हो । तर संभोटामा यस्ता धेरै अक्षरहरु छन । त्यसैले अपवाद पनि भन्न सकिदैन । संभोटाका यहि तरिकाहरु तामयीक मान्ने भाषा शास्त्रीहरुले मान्दैन । तामयीक प्रयोगकर्ताहरुले लेखिएकै अक्षरको उच्चारण गरिन्छ ।
संभोटामा भएका ཅ་ཆ་ཇ་ཉ་ अक्षरलाइ तामयीकले ཙྱ་ཚྱ་ཛྱ་ནྱ लेख्ने गर्छ । दुवै थरि अक्षरहरुको उच्चारण उस्तै हुन्छ । तर तामयीकमा च,छ,ज,न लाइ यातक लगाएर वनाएको हो । त्यसैले माथि लेखिएका संभोटाको ཅ་ཆ་ཇ་ཉ अक्षरहरुलाइ तामयीक प्रयोगकर्ताहरुले वर्णमाला वाटै हटाइदिएका छन् । འ र་ཧ को उच्चरण एउटै हुने भएकोले तामयीक प्रयोगकर्ताहरुले འ लाइ वर्णमालाबाट हटाएर ཧ་लाइ प्रयोग गरेका छन् । त्यसैगरि ཟ་ र ས་ को उच्चारण एउटै स हुने भएकोले तामयीक प्रयोगकर्ताहरुले ཟ་ लाइ वर्णमाला बाट हटाएर ས་ लाइ प्रयोग गरेका छन् । ཤ་ अक्षर वर्णमाला बाट हटाएर སྱ་ काम चलाएका छन् । तर शब्द र भाषामा के फरक हुदैन भने संभोटा प्रयोगकर्ताहरुलेཤ་ (स्य)अक्षर लेखिएको शब्दमा तामयीक प्रयोगकर्ताले སྱ लेख्दा संभोटा प्रयोगकर्ताले पनि स्य उच्चारण गरेर पढ्छ ।
कुरा के हो भने संभोटा लिपि पढेका मान्छेले तामयीक सजिलै पड्न सक्छ भने सुरुमै तामयीक सिकेका मान्छेलाई संभोटा पड्न केहि गाह्रो हुन्छ । किन भने संभोटा तरिका मात्र सिकेर पुग्दैन । संभोटामा अक्षर नै गनेर कुन अक्षर कसरी पड्ने भनेर कण्ठ नै गर्नु पर्छ । तामयीक सिकेका मान्छेलाइ संभोटा लिपि पड्न नेपाली वर्णमाला सिकेर संस्कृत श्लोक पढनु जस्तो अपठेरो हुन्छ । बुध्द दर्शनका तिब्बतियन श्लोकहरु संभोटा लिपिमा जसरी लेखिएको छ , ती अक्षरहरु त्यहि श्लेकहरु लेख्नै मात्र प्रयोग हुन्छ । आजका संभोटा लिपि प्रयोगकर्ताहरुले पनि उसै गरि लेख्दैनन् ।
तामयीक लिपिको प्रयोग सिक्कीमका तामाङ समुदायले प्रयोग गरेका छन् । संभोटा लिपिलाइ केहि संसोधन गरेर तामयीक नामकरण गर्ने पनि सिक्किमका तामाङहरु नै हुन । सिक्किम सरकारको नेतृत्व पटक पटक तामाङ ले गरेको कारण उनिहरुले तामाङ भाषालाइ सरकारी कामकाजमा प्रयोग पनि गरे भने विद्यालयमा तामयीक लिपिमा पठनपाठन पनि गरिरहेका छन । संभोटा लिपिको प्रयोग तिब्बत सरकारले गरिरहेका छन । संभोटा लिपिको प्रयोग भूटान सरकारले पनि गरिरहेको त छ , तर भूटानमा यो लिपिलाइ संभोटा भनिदैन । भूटानमा राष्ट्रिय भाषा जोङखा भएकोले लिपिलाइ पनि जोङखा लिपि नै भन्ने गरिन्छ । तर नेपालका तामाङहरुले जोङखा भाषलाइ ढुक्पा भाषा भन्ने गरिन्छ ।
त्यसैले भाषा उहि भए पनि अर्कै नामले चिने जस्तै लिपिका अक्षरहरु उहि भए पनि फरक फरक नामले चिन्ने गरिन्छ । ठाउँ विशेष र भाषा विशेष अनुसार लिपिमा केहि संसोधन भएमा कुनै अनौठो मान्नु पर्दैन । फ्रन्स, रुस, वेलायत, अमेरिकाले आप्mनो भाषा अलग भए पनि उहि रोमन लिपि प्रयोग गरे जस्तै तामाङ,जोङखा,तिब्बतियन, शेर्पा गुरुङ भाषामा पनि संभोटा लिपि प्रयोग भएको पाइन्छ । तर त्यहि लिपि अलग अलग नाममा चिन्ने गरेको पाइन्छ । हाल तिब्बतमा पनि संभोटा भन्दा पनि तिब्बतियन लिपि भनेरै वढि चिन्ने गरिन्छ । कुनै लिपि कुनै एक भाषाको निजी हुदैन । भाषा कुनै जाती विशेषको निजी हुदैन । जाती कुनै भूगोल विशेषको सीमामा सधै कैद भएर रहन पनि सक्दैन । तसर्थ विश्वका चर्चित मान्छेहरुले धेरैवटा भाषाहरुको जानकार बनेको पाइन्छ । त्यसैगरि एक भाषामा लेखिएको चर्चित पुस्तक अनेक भाषामा उल्था गरेर प्रयोग गरको देखिन्छ ।
प्रतिकृया दिनुहोस